गुण्डा नाइके गणेश लामा पेस्तोलसहित पक्राउ

काठमाडौं । गुण्डा नाइके गणेश लामा एक थान पेस्तोल र ६ राउण्ड गोली सहित पक्राउ परेका छन् । उनलाई गौशालास्थित पशुपति भिजनमा होटलबाट पक्राउ गरिएको हो ।

लामाले गोली चलाएपछि पक्राउ गरिएको काठमाडौ प्रहरीले जनाएको छ । गोली चलेलगत्तै होटलमा पुगेको प्रहरीले लामालाई पक्राउ गरेको थियो । गोली प्रहारबाट मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ । पक्राउ परेका लामा माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनी नेपाली कांग्रेसका नेता विजयकुमार गच्छादार निकट मानिन्छन् ।

सम्बन्धित शिर्षकहरु