
काठमाडौँ । विमान दुर्घटनमा ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ। घाइतेहरुको काठमाडौं मेडिकल कलेज, नर्भिक अस्पताललगायतमा उपचार भईरहेको छ । घाइतेको अवस्था गम्भिर रहेको बताइएको छ । विमानमा ७६ यात्रु रहेको बताइएको छ। त्रिभुवन विमानस्थलमा भएको यूएस बंगला विमान दुर्घटनामा मृत्यु भएका व्यक्तिहरुको सुरक्षाकर्मीहरूले शव निकालिरहेका छन्।
विमानमा लागेको आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छ। बंगलादेशको ढाकाबाट आएको उडान नम्बर युबिजी–२११ भएको उक्त जहाजमा ६७ यात्रु र चालक दलका ४ सदस्य सवार रहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताएका छन् । विमानले गलत दिशाबाट अवतरण गर्न खोज्दा दुर्घटना भएको बताइएको छ ।








