राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दे अायोग

काठमाडाैं । राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ । दिउँसो दावी विरोध समय तोकिएको छ भने  निर्वाचन आयोगका अनुसार साँझ ५ बजे उम्मेद्वारहरुको नामावली प्रकाशन गरिसकेपछि उम्मेद्वारहरुलाई नाम फिर्ताका लागि आधा घण्टाको समय दिईनेछ ।

साँझ ६ बजे राष्ट्रपतिका उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगका प्रवक्ता नबराज ढकालले जानकारी दिए । फागुन २९ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ । उम्मेदवारी दर्तासँगै बुधबार देखि निर्वाचन आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको छ ।

सबै सरकारी निकाय र व्यक्तिलाई निर्वाचन आचारसंहिता लागु हुनेछ । आयोगका प्रवक्ता ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता छन् । राष्ट्रपतिका लागि बर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस नेतृ कुमारी लक्ष्मी राईको उम्मेद्वारी परेको छ ।

सम्बन्धित शिर्षकहरु