देउवालाई नफुर्किन गगनको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका युवानेता गगन थापाले पार्टी शभापति शेरबहादुर देउवाप्रति आक्रोश व्यक्त गरेका छन् । सभापति देउवा नेतृत्वको सरकार हुँदा देशैभर पार्टीले चुनाव हारेको भनेर भईरहेको आलोचनाकाबीच संसदीय दलको नेतामा पार्टी सभापति देउवाले जितेपछि उनले सामाजिक संजाल ट्विटरमार्फत आक्रोश पोखेका हुन् ।

संसदीय दलको नेतामा थापाले समर्थन गरेका प्रकाशमान सिंहले १९ मत पाए । तर पार्टी सभापति देउवाले ४४ मत पाए ।

त्यसपछि उनले आफ्नो विचार ट्विट गर्दै भने, ‘आफैंले छानेका मतदाताबाट चुनिने सजिलो चुनावको नतिजाले कसैलाई धेरै हौस्याएको होला, तर हामी न थाकेका नै छौं न त हारेका नै । पार्टी पुनर्जागरणको हाम्रो अभियानको औचित्य झन् पुष्टी भएको छ । यो अभियान अझ सशक्त ढंगले अगाडि बढ्नेछ ।’

सम्बन्धित शिर्षकहरु