पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणबारे यसो भन्छन् भारतीय मिडिया

काठमाडौं । दुई दिने नेपाल भ्रमण सकेर पाकिस्तानी प्रधानमन्त्री शहिद खकान अब्बासी आज स्वदेश फर्किए । पाकिस्तानी प्रधानमन्त्रीको यो भ्रमणले भारतमा ठूलो खैलाबैला मच्चाएको छ । उनको नेपाल भ्रमणबारे भारतमा ठूलो चिन्ता देखिएको छ ।

नेपालमा वाम गठबन्धनको करिब दुई तिहाई मत प्राप्त नयाँ सरकार गठनसँगै प्रधानमन्त्री केपी ओलीसँग सम्बन्ध सुधार्न पटक–पटक प्रयास गरिरहेको थियो । यो बीचमा एकाएक प्रधानमन्त्री ओलीलाई बधार्इ दिन पाकिस्तानी प्रधानमन्त्री अब्बासी स्वयं काठमाडौं आएपछि अहिले त्यहाँ विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ ।

भारतीय मिडियाहरुमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमण र ओली सरकारले उनलाई गरेको सत्कारबारे यतिबेला व्यापक चर्चा भईरहेको छ । भारतीय मिडियाहरुले पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणबारे समाचारका साथसाथै यो भ्रमणबाट भारतका सामू चुनौती खडा भएको जनाईएको छ ।

सम्बन्धित शिर्षकहरु