लुसुक्क संसद भवन पसेका सिलवाल शपथपछि उत्साहित,किन हल्लियो देउवा निवास ?

काठमाडौं । लतिलपुर १ बाट निर्वाचित सांसद तथा पूर्वडिआइजी नवराज सिलवाल संघीय संसदमा छिरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा र मुख्यसचिव लोकदर्शन रेग्मीसहित आइजीपी बढुवामा किर्ते गर्ने सवैको सातो उडेको छ ।
शनिवार सिलवाल संघीय संसद भवन नयाँ बानेश्वर छिर्दा बुढानिलकण्ठमा रहेका देउवाको निवासमा सन्नाटा छाउनुले यस्तो संकेत गरेको हो ।
‘त्यसलाई जसरी पनि फसाउनु, नत्र हामी सकिन्छौं भनेको त स्यालुट हान्दै पठाउदो पो रैछ पुलिस त, यस्तालाई पनि बिश्वास गर्दा हुन्छ’ भन्दै देउवा निकै आक्रोशित बनेको स्रोतले बतायो । सिलवाल फसाउन देउवासहितका समुहले संबिधान, कानून र सवै मर्यादा भुलेर नौटंकी रचेका थिए । तर जनताको मायाले ससम्मान निर्वाचन क्षेत्रमा रहेका सिलवाल कुनै गलत काम नगरेको मुहारभाव देखाउँदै संसद भवन छिरेका हुन । उनी छिर्दा सवै प्रहरीले खुसीका साथ सम्मान दिएका थिए भने सिलवाल निकै नम्र देखिएका थिए ।

प्रहरीको फरार सूचीमा रहेका एमाले सांसद नवराज सिलवाललाई धेरै पत्रकार तथा सांसदले ‘नोटिस’ गरिरहेका थिए । पूर्वडिआइजीसमेत रहेका सिलवाललाई आइजिपी बढुवाका क्रममा कार्यसम्पादन मूल्यांकन किर्ते भएको ठहर गर्दै सर्वोच्च अदालतले आवश्यक अनुसन्धान गर्न सरकारका नाममा आदेश दिएको थियो ।

आदेशपछि ५ पुसमा प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो । जाहेरीपछि परिसरले सिलवाललाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर ललितपुरलाई पत्र काटेको थियो ।लगत्तै ललितपुर परिसरले सिलवालविरुद्ध पक्राउ पुर्जी काटेको थियो । तर, उनी फरार हुँदै आएका थिए ।

शनिबार एमाले–माओवादीका सांसदहरूको प्रशिक्षणमा झुल्किएका उनी आइतबार शपथ खान पनि गए । स्रोतका अनुसार एमाले नेता माधवकुमार नेपालको गाडीमा उनी संसद् भवन पुगेका थिए । शपथपछि अन्य सांसदभन्दा ढिलो गरी बाहिरिए र अन्य सांसदसँग फोटो खिचाए । उनी सञ्चारकर्मीसँग कुरा गर्न तयार पनि भए ।

प्रहरी संगठनमा काम गरेको व्यक्ति, राजनीतिमा लागेर जनप्रतिनिधिका रूपमा शपथ लिँदा कस्तो अनुभव गर्नुभयो भन्ने प्रश्नमा जवाफ फर्काए, ‘म अहिले केही भन्ने पक्षमा छैन । मैले जिम्मेवारी पाएको छु । जिम्मेवारी निर्वाह गर्नेछु ।’ धेरै बोल्न नचाहे पनि शपथपछि भने उनमा उत्साह र आत्मविश्वास देखिन्थ्यो ।

सम्बन्धित शिर्षकहरु