होली खेल्ने क्रममा घरको छतबाट खसेर बालकको मृत्यु

पोखरा । होली खेल्ने क्रममा एक जना बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका २ विन्ध्यवासिनीका ११ वर्षीय आवस्किार रेग्मीको मृत्यु भएको हो । होली खेल्ने क्रममा आविस्कार छतबाट खसेका थिए ।

घरको छतबाट खसेर घाइते भएका उनको उपचारका क्रममा फिस्टेल हस्पिटलमा बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुई तले घरको छतबाट खसेका उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

सम्बन्धित शिर्षकहरु