सरकारमा सहभागिताबारे निर्णायक छलफल गर्दे एमाले फोरम

काठमाडाैं । नेकपा एमाले आफ्नै नेतृत्वमा संविधान संशोधन गर्न तयार भएको छ । तर संविधानका कुन कुन धारामा कस्तो संशोधन गर्ने भन्ने बारेमा भने औचित्यका आधारमा आज छलफल हुनेछ ।

त्यसका लागि एमाले र संघीय समाजवादी फोरमबीच आज निर्णायक वार्ता गर्ने एमाले नेताहरुले बताएका छन् । फोरमसँग वार्तामा रहेका एमाले नेता सुवास नेम्वाङले सकारात्मक ढंगबाट छलफल चलिरहेकाले बिहिबारसम्म सहमति हुने बताए ।

केन्द्र सरकारमा संघीय समाजवादी फोरम सहभागी भएपछि प्रदेश २ को सरकारमा पनि वाम गठबन्धन सहभागी हुने सम्भावना छ । प्रदेश २ मा फोरम नेतृत्वको सरकारलाई वाम गठबन्धनले विश्वासको मत दिइसकेको छ । फोरमलाई परराष्ट्रसहित दुई मन्त्रालय दिनेगरी सहमति भएको छ । छलफलपछि एमाले माओवादी केन्द्र र फोरम नेपाल बसेर हस्ताक्षर हुनेछ ।

सम्बन्धित शिर्षकहरु