
एडिलेड । हामी बाँचिरहेको जिवनको अर्को संस्करण पनि छ, प्रत्येक मान्छेहरू सुखका साथ संसारमा बाँच्न योग्य छन् । यस्तै उर्जाशील भनार्इहरू व्यक्त भइरहँदा एडिलेडका नेपाली समुदायहरू हर्षविभोर हुँदै उत्प्रेरीत बनेका थिए, अाचार्य राजन शर्माकाे उत्प्रेरीत प्रवचनबाट । नेपाली विद्यालय एडिलेडद्वारा अायोजित “अार्ट अफ ह्वाप्पीनेस” कार्यक्रममा उत्प्रेरक वक्ता, यगी तथा शान्ति दुत अाचार्य राजन शर्माले एडिलेडका सबै नेपालीहरूलार्इ अाफ्नो संस्कृति, संस्कार युक्त भएर देश र समाजप्रति जिम्मेवार बन्न घच्घच्याउनु भएको थियो ।
कार्यक्रममा ध्यान, हास्य चिकित्सा, मनोचिकित्साका विभिन्न अायामहरू प्रस्तुत गरीँदा कहिले सहभागीहरू गदगद खुसीले हाँसेका थिए भने कहिले स्तब्द बनेका थिए । योगका अाशनहरू हाँस्य चिकित्साहरूमा बालकदेखि वृद्दसम्म सहभागी बनेका थिए । मान्छेहरू सुखका साधन जोडिरहेका छन्,सुख पाइन्छकि भनेर भाैतिक साधनहरू तर जहिले पनि दुखि छन् । तर जिवनका सामान्य परिवर्तनले मानिसलार्इ सुखी तुल्याउँछ । यसो भन्दै कार्यक्रममा सुखि हुने शुत्रहरूमा सदैव अाफुसँग जे प्राप्त छ त्यसलार्इ स्वीकार गर्ने कला, जो व्यक्ति परीस्थिति अार्इपुग्छ त्यसको सकारात्मक कुरा हेर्ने कला, त्यस्तै गरेर शरिरमा थकान, अालस्य, निन्द्रा, भय, त्रास अाउँदा कसरी उर्जा बन्ने भन्ने कुण्डलिनी ध्यानका कलाहरू प्रस्तुत गरीएको थियो ।
सो अवशरमा समुदायका विभिन्न व्यक्तिहरू, अगुवा, समाजसेवीहरूको उपस्थितिले कार्यक्रमलार्इ थप राैनकता दिएको थियो । नेपाली विद्यालय एडिलेडद्वारा अायोजित सो कार्क्रममा सुर्रन्द्र रेग्मी शुत्रधार बनेका थिए । विद्यालयको प्रधानाध्यापक दिपा सापकोटाले अाचार्य राजन शर्मालार्इ स्वागत गर्दै यस्ता कार्यक्रमले विदेशमा नयाँ र पुराना पुस्ता बीचको संस्कृति र मुल्य मान्यताको बिस्तार हुँदै जाने बताउनुभयो ।
यसैगरी कार्यकारी सभापति प्रविन गुरागार्इले अाचार्य राजन शर्माको प्रस्तुति एकदमै उत्साहप्रद रहेको र यसले अाफुलार्इ अन्य कार्यक्रममा भन्दा थप उत्साह र केहि गर्ने जोस बढेको असनेपाल न्युजलार्इ बताउनुभयो । कार्क्रममा एडिलेड नेपाली भजन-कृतन समुहको पनि गुरू अाचार्य राजन शर्माले समुद्घाटन गर्नुभयो । फिन्डर्स युनिभर्सिटीमा विद्यावारी गरीरहेका युवाहरू भजन र ध्यानमा लागेको कुरा एकदमै हर्षोउत्साहद र खुसीको कुरा रहेको बताउँदै उहाँले मादल, खैँजडी तथा विभिन्न मुर्चुङ्गा हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा एनअारएन लगायत विभिन्न संघ संस्थाहरूको पनि उपस्थिति रहेको थियो । एस्कर्ट पार्क प्राइमरी स्कुलमा सम्पन्न सो कार्यक्रमलार्इ विशेष रूपमा फिन्डर्स युनिभरसिटीमा विद्यावारीधी गरीरहनुभएका समाजसेवी युवा दया पराजुलीले सहयोजन तथा संयोजन गर्नुभएको थियो । सो अवशरमा बालबालिका वृद्द अभिभावक तथा समुदायका सबैखाले अगुवाहरूको उपस्थिति रहेको थियो । अरू सबै कार्यक्रम त हुन्छ नै तर यस्ता कार्यक्रम समय-समयमा हुन सके अष्ट्रेलियामा रहनुभएका नेपाली समुदाय तनाव, चिन्ता र व्यग्रताबाट बच्न सक्ने कुरा संयोजक पराजुलीले असनेपाल न्युजलार्इ बताउनुभयो ।








