राष्ट्रपति भण्डारीविरुद्ध कानुनी कदम चाल्ने कांग्रेस भातृ संगठनहरुको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका भातृ संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीको आलोचना गर्दै कानुनी कदम चाल्ने चेतावनी दिएका छन् । आज साझा वक्तव्य जारी गर्दै देउवा सरकारको निर्णयलाई तत्काल कार्यान्वयन गराउन पनि उनीहरूले माग गरेका छन्। अन्यथा राजनीतिक, कानुनी र सबै प्रकारका कदम चाल्न बाध्य हुने संगठनहरुको चेतावनी दिईएको छ ।

नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल दलित संघ, नेपाल ट्रेड युनियन कांग्रेस र नेपाल प्रेस युनियनले साझा विज्ञप्ति जारी गर्दै यस्तो वक्तव्य जारी गरेका हुन् । ‘देउवा सरकारको दायित्व अनुरुप एक महिला सहित ३ जना राष्ट्रिय सभाका लागि मन्त्रिपरिषदबाट सिफारिस गरी राष्ट्रपतिकोमा स्वीकृतिका लागि पठाएको अवस्थामा संविधानको धारा ६६ को उपधारा २ ले गरेको प्रस्ट व्यवस्था अनुरुप स्वीकृत गर्नुपर्नेमा तर आफ्नो आलंकारिक भूमिकामा रहनुपर्ने सम्माननीय राष्ट्रपतिज्यूले आफ्नो भूमिकालाई वेवास्ता गर्दै सरकार पिच्छे फरक फरक व्यवहार गर्न खोज्नुलाई राष्ट्रपतिज्यूले सक्रिय भूमिकातर्फ उन्मुख हुन खोजेको प्रतीत हुन्छ।’ वक्तव्यमा भनिएको छ ।

सम्बन्धित शिर्षकहरु