हार निश्चित हुँदा हुँदै प्रदेश ५ को उपसभामुखमा कांग्रेसको उम्मेदवारी

बुटवल । प्रदेश नं ५ को उपसभामुख पदका लागि आज नेपाली काँग्रेसकी रिना खनाल विकले पनि उम्मेदवारी दर्ता गराएकी छन् । काँग्रेसले अन्य प्रदेशसभा सभामुखसँगै उपसभामुख पनि उम्मेदवारी दिएको थिएन । तर प्रदेश नं ५ मा विकले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनको प्रस्तावकमा प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमाल र अर्का सदस्य रमा अर्याल समर्थक रहेका छन् । यसअघि आजै नेकपा (एमाले) प्रदेशसभा सदस्य कृष्णी थारुले एमाले र माओवादी केन्द्रको साझा उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता गराएकी थिइन् । आइतबार बस्ने प्रदेशसभाको बैठकमा उपसभामुखको निर्वाचन हुनेछ ।

सम्बन्धित शिर्षकहरु