
काठमाडौं । बौद्ध महायानी धर्मावलम्बीहरूले आज सोनम ल्होसार मनाउँदैछन् । यो वर्ष सोनाम ल्होसार र ग्याल्बो ल्होसार एकैदिन परेको छ । सरकारले अाज सार्वजनिक बिदा पनि दिएको छ ।
यसैगरी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्बो ल्होसार मनाउँदैछन् । भोट भाषाको दाथोक पात्रोअनुसार फाल्गुण शुक्ल प्रतिपदाका दिनदेखि शेर्षजातिको नयाँ वर्ष सुरु हुन्छ ।








