काठमाडौं । एमाले सांसद तथा पूर्वडिआइजी नवराज सिलवालले शेरबहादुर देउवाको राजीनामापछि खुसी व्यक्त गर्दै ट्वीट गरेका छन्। नेपाल प्रहरीले कीर्ते गरेको आरोपमा खोजिरहेका सिलवाललाई प्रहरीले भेट्टाउन नसकिरहेको बेला बिहीबार दिसँसो ४:३८ बजे उनले ट्वीट गर्दै देउवाको राजीनामापछि खुसी व्यक्त गरेका छन् । लेखेका छन्,‘कानुनको धज्जी उडाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तयार एउटा अधिनायकवादी पात्रको ज्यादतीबाट मुलुकले आज उन्मुक्ति पाएको छ।’
आइजिपी नियुक्ति सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा पेश गरेको कार्यसम्पादन मूल्यांकन सम्बन्धी कीर्ते कागज पेश गरेको आरोप उनीमाथि लागेको छ। उनी ललितपुर-२ बाट निर्विचत एमाले सांसद हुन्। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै नवराज सिलवालको विषयमा छुट्टै न्यायिक छानविन गर्ने बताइसकेका छन्।
कानूनको धज्जि उड़ाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तैयार एउटा अधिनायकवादि पात्रको ज्यादतिवाट मुलुकले आज उन्मुक्ति पाएको छ।
— Nawa Raj Silwal (@Nawasilwal) February 15, 2018








