ज्ञानेदयको मार्ग देखाउने भन्दै ७२ वर्षीय स्वामीले महिलाहरुमाथि यौन शोषण गरेको खुलासा

अस्ट्रेलियाको माउन्ट एलिजास्थित शिव स्कुल अफ मेडिनेशन एण्ड योगाका निर्देशक स्वामी शंकरानन्दले ४० बढी महिलासँग शारीरिक सम्बन्ध राखेको खुलासा भएको छ ।
गुरु र स्वामीका नामले प्रसिद्ध ७२ वर्षीय योग गुरुले ध्यान र योगका लागि आश्रममा आउने महिलाहरुसँग शारीरिक सम्बन्ध कायम गरेको आरोप लागेको हो ।अमेरिकामा जन्मिएका यी स्वामीलाई रशेल क्रुुरकमैनको नामले पनि चिन्ने गरिन्छ ।सदस्यहरुको दावीअनुसार महिलाहरुलाई स्वामीसँग शारीरिक सम्बन्ध कायम गर्नु ज्ञानोदयको बाटोमा जानु हो भन्दै यसप्रकारको काम हुने गरेको थियो।शिव स्कुल अफ मेडिटेशन एण्ड योगाको स्थापना सन्१९९२ मा स्वामी शंकरानन्दले नै गरेका थिए ।
यो आश्रममा ५ सय बढी सदस्य रहेका छन्। आश्रमका अनुसार यहाँका सदस्यहरु तान्त्रिक तरिका अनुशरण गर्दछन् जसमा कठोर अनुशासनका साथ देवी पूजा पनि गर्ने गरिन्छ । अहिलेसम्म स्वामीले पढाउने तरिका र व्यक्तिगत गतिविधिलाई पूरातन हिन्दी तान्त्रिक ग्रन्थका अनुसार लुकाएर राखेका छन्। अब भने स्वामीले पनि पढाउने तरिका वा व्यक्तिगत गतिविधि दुवै पारदर्शी हुनुपर्ने स्वीकार गरेका छन्।
स्वामी शंकरानन्दलले यो प्रकरणमा माफी पनि मागेका छन्। उनले यस्तो काम नगर्ने बचन पनि दिएका छन्। उनले अब वातावरणमा स्नेह र उदारता ल्याउने बताएका छन्। स्वामीले तान्त्रिक सेक्स क्रिया यति धेरै खतरनाक हुने आफूलाई जानकारी नभएको दावी गरेका छन्। स्वामीले माफी मागेपछि आश्रम व्यवस्थापनले उनीमाथि कुनै कारबाही चलाएको छैन । उनको निर्देशक पद पनि कायमै राखिएको छ। आश्रम सदस्यका अनुसार उनी निकै करिश्काकारी छन्। हरेकले उनलाई माया गर्छन्। किनभने उनी यो कलामा माहिर छन्।

सम्बन्धित शिर्षकहरु