
बुटवल । नेपाली काँग्रेस रुपन्देही निर्वाचन क्षेत्र नं ५ ले पार्टीलार्इ सहयोग नगरेको अारोपमा नेता तथा कार्यकर्तालार्इ कारवाही गर्न सिफारीश गरेको छ । प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा क्रममा पार्टीका उम्मेदवारलाई असहयोग गरेको अारोपमा उनीहरूई जिल्ला समिति र केन्द्रीय समितिसमक्ष कारवाही गर्न सिफारिश गरीएको हो ।
पार्टीका क्षेत्रीय सभापति बसीउल्लाह मुसलवानको अध्यक्षतामा हिजो प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य भरतकुमार शाह, प्रदेशसभा सदस्य फकुरउद्दीन खाँ, प्रदेशसभा सदस्यका उम्मेदवार विष्णु पोखरेल, जिल्ला तथा क्षेत्रीय समितिका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, वडा सभापति, बुथ सभापतिसहितको उपस्थितिमा बसेको बैठकले उनीहरूलार्इ कारवाहिको सिफारिस गरेको हो ।
बैठकले कारवाहिका लागी सिफारिश गरेकाे व्यक्तिहरू यस प्रकार रहेका छन् :
पूर्वजिल्ला सदस्य डिल्लीराज ज्ञवाली
महासमिति सदस्य अमेरिका कहार
पूर्वमहाधिवेशन प्रतिनिधि कृष्णबहादुर चुनारा
पूर्वजिल्ला सदस्य सम्राट्चन्द्र चुनारा
सैनामैना – ८ का उम्मेदवार रघुनाथ घिमिरे
क्रियाशील सदस्य शेखर श्रेष्ठ
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ११ का सभापति शेषमन दुवे
वडा नं ३ का सभापति सायल मुसलवान
४ का सभापति रमाशंकर मिश्रा
नेपाल तरुण दल जिल्ला सदस्य प्रदेशी यादव
क्षेत्रीय सदस्य लयसमहमदनाउ मुसलवान
क्रियाशील सदस्य रविशंकर त्रिपाठी र राकेश तिवारी








