
काठमाडौंघ । नेपाल आयल निगमले बूढीगण्डकी जलविद्युत आयोजनामा २५ प्रतिशत सेयर माग गरेको छ । उसले मासिक ७०/ ८० करोड रुपैयाँ संकलन गरेकाले बूढीगण्डकीको संस्थागत सेयर माग गरेको जनाएको छ ।
निगमका कार्यबाहक कार्यकारी निर्देशक सुशील भट्टराईले जलविद्युत आयोजनाका लागि वार्षिक १० अर्ब रुपैयाँभन्दा बढी संकलन गरी सरकारलाई बुझाउँदै आएको बताए । उनले भने,- ‘दस बर्षको अवधिमा आयोजनाको लागतको करिब ५० प्रतिशत रकमको जोहो निगमले नै गर्न सक्छ । यही आधारमा निगमलाई पनि सेयर दिनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’अाजको कान्तिपुर दैनिकले खबर छापेको छ ।








