
असनेपालन्युज प्रतिनिधि सिड्नी । मन्त्रीपरिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधिश ,नागरिक समुहका प्रमुख संरक्षक खिलराज रेग्मीलाई गम्भिर पारिवारिक शोक परेको छ । सो शोकका कारण उहांको स्वास्थ्यमा समेत गढबढि आएको उहांले असनेपाल न्युजलाई बताउंनु भयो ।
उहांको ससुरा बुवा तथा उहाँकि धर्म पत्नि शान्ता रेग्मिका पिता लक्ष्मी प्रसाद उपाध्यायको अाकस्मिक निधनका कारण यसरि संवेदनशिल अवस्था सिर्जिएको हो । यो शोकाकुल अवस्था र उहांको स्वास्थ्य स्थितीका कारण यहि फेब्रुअरि ४ तारिखका दिन सिड्नीमा उहांकै प्रमुख आतिथ्यमा आयोजना हुनलागेको “”सकारात्मक जीवन , राष्ट्र , राष्ट्रियता र स्वाभिमान जागरण” कार्यक्रम समेत प्रभावित बन्न पुगेको छ ।
आयोजकहरूले प्रमुख अतिथिको जटिल परिस्थिती बाट सिर्जिएको वाध्यताकारी अवस्थाका कारण सो कार्यक्रमलाई आगामि फेब्रुअरि १७ तारिखका लागि नयाँं मिति तय गरेको जनाएको छ । आयोजकहरूले यस दु:खद घडीमा स्वर्गीय उपाध्यायको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रती धैर्यधारण गर्ने क्षमता प्रदान होश भन्ने कामना गरेको छ । साथै कार्यक्रमको मिति सार्नु पर्दा आफना दर्शक , सहभागी तथा सबै नेपाली समुदायमा क्षमा याचना गरेको छ । यद्द्यपि सो कार्यक्रम थप भव्यताका साथ फेब्रुअरि १७ तारिख शनिवार ११.३० बजे देखि ३ बजे सम्म हर्ट्स्भिल स्थित सिभिक थिएटरमा आयोजना हुने आयोजक संस्थाका पदाधिकारी मध्येका विदुर प्रसाद सापकोटाले असनेपालन्युजलाई जानकारी गराउंनु भयो ।
विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (GSPSS)को मुख्य आयोजना र असनेपालन्युजको प्रस्तुतिमा हुने सो कार्यक्रमको सह आयोजकमा नागरिक समुह , नेपाल , भिएफएम लगायतका संस्थाहरू रहेका छन्। कार्यक्रममा राजदुतावास , महावाणिज्य दुतावास ,गैर आवसीय नेपाली संघ अस्ट्रेलिया र विभिन्न संघ संस्थाको सहभागिता रहने जनाइएको छ ।
सकारात्मक जीवन , राष्ट्र , राष्ट्रियता र स्वाभिमान जागरणका लागि एक भव्य उत्प्रेरणात्मक तथा अन्तर्कृयात्मक कार्यक्रम हुने र यसबाट प्रत्यक्ष रुपमा ३ सय सहभागी र सामाजिक सन्जाल तथा अप्रत्यक्ष रुपमा विश्व भरका लाखौंं लाख नेपाली समुदाय लाभान्वित हुने आयोजकहरूको अपेक्ष्या छ । जहाँ नेपालका पूर्व मन्त्री परिषदका अध्यक्ष तथा प्रधानन्यायधिश खिलराज रेग्मि , विश्व शान्ति परिषदका शान्ति दुत तथा उत्प्रेरक वक्त्ता आचार्य राजन शर्मा (भीमसेन सापकोटा ), प्रख्यात संचारकर्मि तथा प्रखर वक्ता प्रेम बानीया,नागरिक समुहका प्रमुख तथा प्रेरक वक्ता निगम हुंमागांईं लगायतका वक्ताहरूको जोडदार प्रस्तुती रहने छ ।
कार्यक्रममा अस्ट्रेलियाली अन्तर्राष्ट्रिय विध्यार्थी संगठनका केन्द्रीय अध्यक्ष विजय सापकोटा लगायतको प्रस्तुती रहने छ भने कवि तथा संचार कर्मि महेश्वर शर्माले सो कार्यक्रम सन्चालन गर्ने छन्। सञ्चार कर्मि तथा स्वाभिमान अभियानका अभियान्ता प्रेम बानीयाले असनेपालन्युजलाई प्रतिकृया दिंदै भन्नुभयो ” जटिल पेरिस्थितिका कारण कार्यक्रम फेब्रुवरि १७ का लागि सार्नु पर्यो यसबाट पर्न गएको असुविधा मा हामी आयोजक तथा सहभागीहरू क्षमाप्रार्थी छौं । तर यो कार्यक्रम राष्ट्रियता र स्वाभिमान जगाउनको निम्ती आयोजना भएकाले यसको भव्य सफलताको अपेक्ष्या गर्दै सबै सिड्नीवासिलाई सो अवसर नछुटाउंन अनुरोध गर्दछु ” ।
मेलवर्नमा पनि कार्यक्रमको मिती सर्यो
उत्पन्न विषेश परिस्थितीलाई मध्यानजर गर्दै मेलवर्नमा यहि फेब्रुअरि ११ तारिख आईतबारका दिन हुने भनिएको कार्यक्रम पनि आगामि फेब्रुअरि १८ तारिख आईतवार लाई सारीएको आयोजक संस्था विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (GSPSS)को मुख्य आयोजना र असनेपालन्युज ले जनाएको छ । स्थानिय संस्था सहारा नेपालको आयोजनामा सो कार्यक्रम हुने भएको हो । कार्यक्रमको मिती सार्नु परेपनि थप आकर्षणका साथ कार्यक्रम सफलताको तयारी भएको आयोजक संस्था सहास का प्रमुख कृष्ण न्यौप्यानेले असनेपालन्युजलाई बताउंनु भयो । निःशुल्क प्रवेश र खाजाको समेत व्यवस्था मिलाइएको कार्यक्रममा सहभागी हुन पहिले नै आफ्नो नाम दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ। मेलवर्नमा सहभागिताका लागि 0449849385 मा सम्पर्क गरी आफ्नो नाम दर्ता गर्न सकिने आयोजकहरूले बताएका छन्। सहयोगी हात समूह ‘सहास’ले यसअघि धुर्मुस सुन्तली फाउन्डेशनका लागि सहयोग जुटाउने अभियान चलाएको थियो । कार्यक्रममा मेलबर्नका स्थानीय विभिन्न संघ संस्थाले पनि सहकार्य गर्नेछन् ।
राजनीतिक दल, गुट र उपगुट भन्दा पनि स्वच्छन्द राष्ट्र निर्माण र जीवन उत्थानको कार्यक्रम भएकाले यो अष्ट्रेलियाको नेपाली समूदायका लागि अत्यन्त अविष्मरणीय र लोकप्रिय कार्यक्रम हुने जनाईएको छ ।
यस महाउत्प्रेरणा कार्यक्रममा सहभागीहरूले विभिन्न समयमा दिनु भएका प्रेरक प्रस्तुतीहरू यस्ता छन:
नेपालका पूर्व मन्त्री परिषदका अध्यक्ष तथा प्रधानन्याधिश खिल राज रेग्मि:
विश्व शान्ति परिषदका शान्ति दुत ,नेपाल फिजी सान्स्कृतिक राजदुत तथा उत्प्रेरक वक्त्ता आचार्य राजन शर्मा
(भीमसेन सापकोटा ) :
प्रख्यात संचारकर्मि तथा प्रखर वक्ता प्रेम बानीया :
नागरिक समुहका प्रमुख तथा प्रेरक वक्ता निगम हुंमागांईं :








