शक्ति देखाएर बार्गेनिंग गर्दै खुमबहादुर,देउवा अचम्मित, उपसभापतिमा रोक्न निधि सक्रिय


काठमाडौं । १३ औं महाधि नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई आफू खुसी चलाएको भनेर आरोप लागिरहेका बेला प्रभावशाली नेता खुमबहादुर खड्काले असहयोगको संकेत गरेका छन् ।

खुमबहादुर खड्का र विमलेन्द्र निधिको दावी उपसभापति भएपछि देउवालाई समीकरण मिलाउनै सकस देखिएको छ ।
१३ औं महाधिवेशनमा सहयोग गरेको भन्दै खड्काले उपसभापति आफूलाई दिनुपर्ने दावी गर्दै आएका छन् ।
खड्कालाई उपसभापति वा महामन्त्री बनाइए आफूले आलोचनादेखि केही सुन्न नपर्ने देउवाले बुझिसकेपनि विमलेन्द्र निधिको दवावमा परेर उपसभापति दिन आनाकानी गरिरहेका छन् । देउवाले खड्कालाई भन्दा निधिलाई उपसभापति दिएर जाने मनस्थिति देखाएको स्रोतको भनाइ छ ।

खड्का र देउवाको सम्बन्धन धेरै पुरानो हो । अर्थात उनीहरु धेरै अघिदेखि निकट मानिन्छन् । कांग्रेस विभाजित हुँदा पनि खड्काले देउवालाई साथ दिएका थिए । पछि एकता हुँदा पनि खड्काको महत्वपूर्ण भूमिका थियो ।

सभापतिमा उठेका देउवालाई जिताउन खड्का मैदानमा नै उत्रिएर प्रत्यक्ष भूमिका खेलेका थिए । उपचार हुँदै गर्दा आराम गर्नुपर्ने बेला खड्का मुखमा मास्क लगाएर देउवाको पक्षमा भोट माग्न सडकमै उत्रिएको गुन देउवाले भुल्न नहुने एकथरी नेताहरूको भनाइ छ ।

खड्को यो भूमिका देउवालाई जिताउनका लागि मात्र नभै उपसभापतिमा मनोनीत हुनका लागि पनि थियो । देउवाले पनि आश्वासन दिएका थिए । महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित त भए, खड्कालाई दिएको आश्वासन पूरा गर्न अहिलेसम्म सकेनन् ।

पछिल्लो समय यही कारणले खड्का देउवाबाट टाढिदै गएका छन् । यसको उदाहरण राष्ट्रियसभाको उम्मेदवार छनौटमा भएको असन्तुष्टि पनि हो । टिकट वितरणका लागि भएको अन्तिम छलफलमा खड्का उपस्थिती नै भएनन् ।

सम्बन्धित शिर्षकहरु