
काठमाडौं । नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईले अाफ्नो पहिलो गीत सार्वजनिक गरेका छन् । नेपाल आइडलपछि देश-विदेशका विभिन्न कार्यक्रमहरूमा सहभागी भर्इ अत्यन्त व्यस्त बनेका निशानले गाएको पहिलो गीतको भिडियो पनि सार्वजनिक भएको छ ।
नेपाल आइडलको स्टेजबाट हजाराैँ दर्शकको मन जित्न सफल निशानको ‘आफ्नै छायाँसँग पनि’ बोलको गीत सार्वजनिक भएकाे हो । गीतको भिडियोमा निशानका साथमा नायिका जेबिका कार्की र अनिल थापाको अभिनय रहेको छ । प्रदिप चापागाईँ र आनन्द राईको शब्द र निशान भट्टराईको स्वरमा सजिएको यस गीतको भिडियोलाई उत्सव दाहालले छायाङ्कन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् ।








