
डोटी । क्षेत्रीय सदरमुकाम दीपायलमा शनिबार आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । प्रादेशिक राजधानीको माग गर्दै आएका आन्दोलनकारी र प्रहरीबिच ढुंगा हाना हान हुँदा ७ जना घाइते भएका छन्। झडपमा परी कांग्रेस नेता घनश्याम पाठक लगायत अन्य ७ जना घाईते भएका हुन् ।








