कांग्रेस कार्यकर्ताले नै गरे देउवा र आरजुको पुत्लादहन, डोटी तनावग्रस्त

डोटी । सरकारले ७ नम्बर प्रदेशको अस्थायी मुकाम धनगढी तोकेपछि आक्रोशित नेपाली कांग्रेसका कार्यकर्ताले कांग्रेस पार्टीको डोटी जिल्ला कार्यालयमा कालोझन्डा राख्नुका साथै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र देउवा पत्नी आरजु राणाको पुत्लादहन गरेका छन् । आक्रोशित कार्यकर्ताहरूले पार्टीको झन्डा हटाएर कालोझन्डा राखेका छन् ।

कांग्रेसकै सभापति प्रधानमन्त्री भएका बेला पनि दिपायल अस्थायी राजधानी नबनाएको भन्दै कालोझन्डा राखिएको बताइएकाे छ । हिजो पनि अाक्रोशित कांग्रेस डोटीको जिल्ला कार्यसमिति सदस्यहरुले सामूहिकरुपमा पार्टीको सदस्यता त्यागेका घोषणा गरेका थिए ।

यसैगरी ७ नम्बर प्रदेशको अस्थायी मुकाम धनगढी तोकिएसँगै डोटीमा आन्दोलन उग्र बन्दै गएको छ । क्षेत्रीय प्रशासन कार्यालय दिपायललगायतका क्षेत्रीय कार्यालयहरुमा अाज ढुंगामुडा र तोडफोड भएको छ । आन्दोलनकारीहरुले प्रहरीको घेरा तोडेर प्रशासन कार्यालयको गेटभित्र पसेर आगजनी गर्न खोजेपछि प्रहरीले १३ सेल अश्रुग्यास पनि प्रहार गरेको छ ।

सम्बन्धित शिर्षकहरु