एमाले अध्यक्ष ओली स्वदेश फिर्ता,विमानस्थलमै लगाए कांग्रेसलाई यस्तो आरोप


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् । बैंककस्थित बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षण गरी उनी बिहीबार नेपाल फर्केका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेपछि ओलीले प्रदेश प्रमुख र राजधानी छनोटमा सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नो स्वार्थमात्रै हेरेको आरोप लगाएका छन् । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

“सरकारले ढिलो गरेर प्रदेश प्रमुख र राजधानी तोक्यो”, ओलीले भने, “त्यसमाथि देशको स्वार्थभन्दा उसले आफ्नो स्वार्थमात्र हेरेको देखियो । ओलीले सत्तारुढ दलले संविधानको अपव्याख्या गर्दै नेपाली कांग्रेसले सत्ता हस्तान्तरण गर्न ढिलाई गरिरहेकोमा असन्तुष्टि व्यक्त गरे । उनी नियमित स्वास्थ्य परीक्षणका लागि पुस २६ गते बैंकक प्रस्थान गरेका थिए ।

सम्बन्धित शिर्षकहरु