फेरि थपियो नयाँ दल

काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टी(जनविद्रोह ) नामक नयाँ राजनीतिक दलको औपचारिक घोषणा भएको छ । वामपन्थी नेता निर्मल लामाको जन्मजयन्तीका अवसरमा गठित पार्टी महासचिवमा निमा फिन्जो लामासहित २१ केन्द्रीय सदस्य छन् ।

नेता निर्मल लामाको सपना साकार पार्न र जनतामाथि भएका अन्याय र भ्रष्टाचारविरुद्ध लड्ने उद्देश्यका साथ सो दलको जन्म भएको महासचिव लामाले बताए । पार्टी घोषणा कार्यक्रममा निर्मल लामाकी श्रीमती सुकन्या वाइवाको पनि सहभागिता थियो । अाजको कान्तिपुर दैनिकले खबर छापेको छ ।

सम्बन्धित शिर्षकहरु