
संखुवासभा, । संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जीप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ५ जनाको मृत्यु भएको छ । सदरमुकाम खाँदबारीबाट पुनर्निर्माण प्राधिकरणका कर्मचारी बोकेर भोटखोला गाउँपालिकाको हटियामा पर्ने दोभान जाँदै गरेको जीप सामाटारमा दुर्घटना भएको हो । घटनास्थल सदरमुकाम खाँदबारीबाट कम्तिमा ७० किलोमिटर उत्तरमा पर्छ । अन्यको सनाखत हुन बाँकी छ भने दुर्घटनाको कारण खुल्न सकेको छैन ।








