
काठमाडौं । अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई आजै साधारण तारेखमा छोड्न सर्वोच्चले आदेश दिएको हो । साथै, डा. केसीले लगाएका आरोपबारे अध्ययन गर्न प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र पनि मगाउन पनि आदेश दिइएको छ ।
सर्वोच्चको आदेशमा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट प्रधानन्यायाधीश पराजुलीले लिएका नागरिकताको प्रतिलिपि झिकाउन र न्याय परिषद्बाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिहरु पनि झिकाउन आदेश जारी गरिएको हो ।








