
एजेन्सी । हामी प्रत्येक दिन त्यस्ता गल्तीहरु गरिरहेका हुन्छौं जसले हाम्रो मस्तिष्कमा नकरात्मक असर पारिरहेको हुन्छ । त्यसको परिणामस्वरुप हामी अल्जाइमर, कमजोर स्मरण शक्ति, मस्तिष्क कोशिका क्षति हुने समस्याबाट पिडित भैरहेका हुन्छौं ।
तर हाम्रा केहि दैनिक क्रियाकलाप र व्यवहारमा सुधार आयो भने हामी त्यस्ता समस्याबाट आफ्नो मस्तिष्कलाई टाढै राख्न सक्छौं ।
मस्तिष्कलाई असर पुर्याउने त्यस्ता तत्वहरुमा एउटा अप्रर्याप्त निद्रा पनि हो । सात घण्टाभन्दा कम निदाएमा हाम्रो मस्तिष्कले राम्ररी आफ्नो कार्य गर्न सक्दैन । यसले गर्दा बिस्तारै हाम्रो मस्तिष्कको काम गर्ने क्षमतामा कमि आउँछ ।
अधिकतम मात्रामा जंक या प्याकेटको खाना उपभोग गर्नाले पनि मस्तिष्कमा असर पर्छ । जंक फुडहरुमा विशेष गरेर एमएजी नामक पदार्थ मिलाइएको हुन्छ जसले मस्तिष्कको ‘न्यूरोन रिसेप्टर्स’ लाई असर गर्दछ । यसको अधिक उपभोगले टाउको दुख्ने, वान्ता हुने र भ्रम हुने समस्या देखा पर्छ ।
धेरै समयसम्म लगातार ठूलो आवाजमा कानमा हेडफोन या इयरफोन सुन्ने बानिले मस्तिष्क कोशिकामा नकरात्मक असर पार्दछ । यसबाट अल्जाइमर उत्पन्न हुनसक्छ ।
धूम्रपान गर्ने क्रममा हाम्रो शरिरमा धेरै किसिमका रासायनहरु उत्पन्न हुन्छन् । ति रासायनहरुले हाम्रो रगतलाई गाढा बनाउने काम गर्छ जसले गर्दा मस्तिष्कमा रगत प्रवाह कम हुन्छ ।
त्यस्तै अधिक समयको एक्लोपनले पनि मस्तिष्कमा नकरात्मक असर पार्छ । यस्तो अवस्थामा मानिसमा अल्जाइमर उत्पन्न हुने खतरा रहन्छ ।








