काठमाडौंमा १६ वर्ष यताको सबैभन्दा जाडो, चिसो अझै बढ्ने, कति पुग्ला ?

काठमाडौं । आज विहान पौने ६ बजे १६ वर्ष यताकै सबैभन्दा बढी चीसो मौसम मापन गरिएको छ । अघिल्लो वर्ष १६ वर्ष यताकै सबैभन्दा बढी चीसो भनिएको काठमाडौंमा शून्य दशमलव ८ डिग्री मापन गरिएकोमा आईतबार विहानको तापक्रम त्यो भन्दा कम शून्य दशमलव ५ डिग्रीमा झरेको बताईएको छ । मौसमविद्हरुका अनुसार यो तापक्रम करिव डेढ दशकको सबैभन्दा कम हो ।

अहिले देशको काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा तापक्रम क्रमशः घट्दै गएको छ । मौसमविद्हरुले अझै केही दिन चीसो बढ्दै जाने अनुमान गरेका छन् । पूर्वी र पश्चिम तराइमा पनि जाडो क्रमशः बढेको छ । पश्चिमी वायुको प्रभावले अब केही दिन अझै जाडो बढ्ने सम्भावना रहेको मौसमविद्हरु बताउँछन्।

दुई दिनअघि १.४ डिग्री रेकर्ड भएकामा शनिबार भने न्यूनतम १.६ डिग्री रेकर्ड भएको छ । यसअघि माइनस ३ पुगेको रेकर्ड रहेकोले यसपटक पनि त्यसमा पुग्न सक्ने अनुमान छ ।

न्यूनतम तापक्रम घटेपछि चिसोको मात्रासमेत बढेको सर्वसाधारणले महसुस गरेका छन् । शनिबार पनि पूर्वदेखि पश्चिमसम्मको तराई भेगमा बाक्लो हुस्सु लाग्यो । सबैभन्दा धेरै चिसो हुम्लामा र तातो विराटनगरमा रहेको छ । हुम्लमा मइनस ८ बिराटनगरमा ७ डिग्री रहेको छ ।

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रमको विगतको अवस्थालाई हेर्दा अहिलेसम्म माइनस तीन डिग्रीभन्दा तल झरेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार सन् १९९८ जनवरी ११ को दिन हालसम्मकै सबैभन्दा कम न्यूनतम तापक्रम माइनस तीन दशमलव पाँच डिग्रीसेल्सियस पुगेको थियो ।

सम्बन्धित शिर्षकहरु