इपिएलको उपाधि भिडन्त आज,पारस भर्सेस शरद कसले मार्ला बाजी ?

काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधिका भिडन्त आज हुँदैछ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल विहान ११ बजेदेखि सुरु हुने खेलमा विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटर्स उपाधिको लागि खेल्दैछन् राष्ट्रिय टोलीका कप्तान पारस खड्का नै कप्तान रहेको विराटनगर प्रतियोगितामा अहिलेसम्म अपराजित टोली हो ।

त्यस्तै राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी शरद भेषावकर कप्तान रहेको भैरहवाले प्रतियोगितामा २ खेल मात्र हारेको छ । उसले दुवै खेल विराटनगरसँग हारेको थियो । भैरहवा विराटनगरसँग समूह चरणमा ३५ रनले र पहिलो क्वालिफायरमा ८ विकेटले पराजित भएको थियो । क्वालिफायरमा पराजित भए पनि भैरहवाले इलिमिनेटरमा ललितपुरलाई हराउँदै फाइनलमा विराटनगरसँगको भेट पक्का गरेको हो ।

विराटनगरका लागि कप्तान पारससँगै बसन्त रेग्मी तथा हङकङ्गका खेलाडी बाबर हायत र अंशुमन रथले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । बाबर र अशुंमन प्रतियोगितामा धेरै रन बनाउने खेलाडीको शीर्ष स्थानमा छन् । भैरहवाका लागि कप्तान भेषावकरसँगै आरिफ शेख, रोहितकुमार पौडेल, दिपेश श्रेष्ठ भारतीय खेलाडी पुनित मिश्रा र पुनित विष्ट, हरिशंकर साह लगायतले राम्रो प्रदर्शन गर्दै आएका छन् ।

सम्बन्धित शिर्षकहरु