प्रदेशसभाको समानुपातिक सिट बाँडफाँडः कुन दलको कति सिट?

काठमाण्डौ । निर्वाचन आयोगले सातवटै प्रदेशमा दलहरुले प्राप्त गरेको प्रदेशसभातर्फ समानुपातिक निर्वाचनको नतिजा आज सार्वजनिक गरेको छ । ति क्षेत्रमा दलहरुले प्राप्त गरेको सिट संख्या यस्तो छ ।

प्रदेश  नं १ – एमालेले १५, कांग्रेसले १३ र माओवादीले ५ सिट प्राप्त गरेको छ । त्यस्तै संघीय समाजवादी फोरमले ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले १ र राप्रपाले १ सिट प्राप्त गरेको छ ।

प्रदेश नं २ – नेपाली कांग्रेसले ११, राजपाले १०, संघीय समाजवादी फोरमले ९, र एमालेले ७,माओवादी केन्द्रले ५,र नेपाल संघीय समाजवादी पार्टीले १ सिट प्राप्त गरेको छ ।

प्रदेश नं ३ – एमालेले १६, नेपाली कांग्रेसले १४, माओवादीले ८, विवेकशील साझा पार्टीले ३ सिट पाएका छन् । नेमकिपा, राप्रपा र राप्रपा प्रजातान्त्रिकले पनि एकएक सिट पाएको छ ।

प्रदेश नं ४ – एमालेले १०, कांग्रेसले ९, माओवादीले ३ र राष्ट्रिय जनमोर्चा तथा नयाँ शक्तिले १/१ सिट पाएका छन् ।

प्रदेश नं ५ – एमालेले १३, कांग्रेसले १२, माओवादीले ६ सिट पाएका छन । त्यस्तै संघीय समाजवादीले २, राजपाले १, राष्ट्रिय जनमोर्चाले १ सिट पाएको छ ।

प्रदेश नं ६ – एमालेले ६, कांग्रेसले ५, माओवादीले ४ सिट पाएका छन् । सो प्रदेशबाट राप्रपाले पनि १ सिट पाएको छ ।

प्रदेश नं ७ – एमाले ८, नेपाली कांग्रेसले बराबरी ८ सिट पाएका छन् । माओवादीले ४ सिट पाएको छ भने राजपाले एक सिट पाएको छ ।

समानुपातिकतर्फ सातै प्रदेशमा गरि कुल २२० सिटमध्ये एमालेले ७५ , नेपाली कांग्रेसले ७२ , माओवादी केन्द्रले ३५, संघीय समाजवादी फोरमले १३, राजपाले १२ सिट पाएको छ भने राप्रपा तथ विवेकशील पार्टीले ३/३ सिट पाएका छन् । अन्य साना दलले १/१ सिट पाएका छन् ।

सम्बन्धित शिर्षकहरु