पशुपतिनाथलाई जाडो लाग्यो, जाडोवाट जोगाउन यस्तो छ एकमहिने अभियान

काठमाडौं । आराध्यदेव पशुपतिनाथलाई पनि जाडो लागेको छ ।जाडो हटाउन नाथलाई मास, मुङ, रहरको दालसँग शुद्ध घिउसहित उसिनेको पिँडालुको टुक्रा मिसाएर बनाइएको खिचडी भोजन गराइएको छ । यो भोजन बिहीबारदेखि जाडो नटुङ्गिउन्जेल एक महिनासम्मका लागि गराउने व्यवस्था गरिएको छ ।

पशुपतिनाथ अमालकोट कचहरी कार्यालयले यी सामल तयार गरेर नाथसमक्ष बिहीबार खिचडी अर्पण गरेको छ । आयुर्वेद क्षेत्रमा खिचडीलाई जाडोयाममा शरीरलाई ताप सन्तुलनमा राख्ने स्वस्थकर भोजनका रूपमा व्याख्या गरिएको छ । खिचडी भोजन मात्र नभएर नाथलाई चिसो नलागोस् भनेर मनतातो पानीले पनि स्नान थालिएको छ ।

अमालकोटका द्वारे पूर्ण डङ्गोलका अनुसार जाडोयाम नसकुन्जेलसम्म मनतातो पानीले स्नान गरिनेछ । पञ्चामृत स्नान हुनुअघि यसरी स्नान गराइनेछ । यसैबीच शुक्रबार श्लेषमान्तक वनमा वनभैरव पूजाको आयोजना गरिएको थियो ।

सम्बन्धित शिर्षकहरु