प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

 

काठमाडौं । राष्ट्रिय सभा गठन प्रकृयामा विवाद आएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो।

बैठकमा दलका शीर्ष नेताहरुको सहभागिता रहनेछ। देउवाले ५ वटा राष्ट्रिय पार्टीहरु एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राजपा नेपालका नेताहरुसँग छलफल गर्न लागेको उनका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। दलहरुबीचको विवादका कारण राष्ट्रपछि विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी छैनन्।

राष्ट्रियसभा गठन पहिले कि सरकार गठन भन्नेमा कांग्रेस र वाम गठबन्धनबीच सहमति जुट्न नसक्दा राजनीतिक गतिरोध लम्बिएको छ।

सम्बन्धित शिर्षकहरु