‘रियल मड्रिडलाई हराएरै छाड्नेछौ’

एजेन्सी । पिएसजीका स्टाइकर नियमारले च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा पिएसजीले रियल मड्रिडलाई पराजित गर्न सक्ने बताएका छन् । पछिल्लो समय उच्च फर्ममा रहेको पिएसजीले यो पटक च्याम्पियन्स लिग उपाधिको दाबेदार समेत रहेको उनले बताएका छन् । गएको सिजन चार गोलको अग्रता बनाएको पिएसजी बार्सिलोनासँग दोस्रो चरणको खेलमा ६-५ गोलले पराजित भएको थियो ।

उनले भनेका छन्, ‘रियलसँगको प्रतिस्पर्धा जहिले पनि कठिन हुने गरेको छ । च्याम्पियन्स लिगको राम्रो अनुभव भएको रियलले कडा चुनौती दिनेमा हामी विश्वस्त छौ । तर, हाम्रो टोली पनि यस सिजन उच्च फर्ममा रहेको र रियललाई पराजित गर्न सक्ने क्षमता राखेको छ ।’

उनले थप्दै भने, ‘मलाई थाहा छ हामी रियललाई हराउन सक्छौ । उनीहरुलाई हराउँदै हामी इतिहास रच्ने दाउमा रहेका छौ । रियललाई हराउन कुनै कसर बाँकी राख्ने छैनौ ।’ यस सिजन बार्सिलोनाबाट पिएसजी गएका विश्वकै महँगा खेलाडी नियमार पिएसजीका एक महत्वपुर्ण खेलाडीका रुपमा आफुलाई स्थापित गराइसकेका छन् ।

सम्बन्धित शिर्षकहरु