समानुपातिकतर्फको पनि मतगणना सकियो,कसको मत कति ?

काठमाडौं । मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको पनि मतगणना सकिएको छ । सकिएको मत गणना अनुसार एमालेले ३१ लाख ७३ हजार ४ सय ९४ मत प्राप्त गरेको छ भने कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९ मत प्राप्त गरेको छ । तेस्रोमा रहेको माओवादी केन्द्रले १३ लाख ३ हजार ७ सय २१ मत प्राप्त गरेको छ । चौथो र पाँचौँमा मधेसवादी दल बनेका छन् । चौथोमा रहेको राष्ट्रिय जनता पार्टी नेपालले ४ लाख ७२ हजार २सय ५४ र संघीय समाजवादी फोरम नेपालले ४ लाख ७० हजार २ सय १ मत प्राप्त गरेका छन् ।

विवेकशील साझा, नयाँ शक्ति र यसअघि संसदमा प्रतिनिधित्व गरेका कुनै पनि दलले थ्रेसहोल्ड कटाउन सकेनन् । कानुनतः थ्रेसहोल्ड पूरा गर्न कुल सदर मतको ३ प्रतिशत मत कटाउनुपर्छ । विवेकशील साझाले २ लाख १२ हजार ३सय ६३ र राप्रपाले १ लाख ९६ ७ सय ८२ मत हासिल गरे । नवौँ स्थानमा रहेको नयाँ शक्तिले ८१ हजार ८ सय ३७ मत प्राप्त गरेको छ ।

हालसम्म पाँचवटा दलले मात्रै थ्रेसहोल्ड कटाउन सकेकाले आयोगले दिएको मतपरिणामलाई आधार मान्दा एमालेले समानुपातिकमा ४१ सिट पाउँछ । त्यस्तै, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ र राजपा, संघीय समाजवादी फोरम, नेपालले समान ६-६ सिट पाउँछन् ।

सम्बन्धित शिर्षकहरु