विराट-अनुष्काले बिहेको फोटो बेच्ने

एजेन्सी । हालै भारतीय क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मा वैवाहिक बन्धनमा बाँधिए । यो खबरले यतिबेला निकै चर्चा पाइरहेको छ । इटालीको टस्कनीमा सोमबार विवाह गरेपछि यस जोडीले सामाजिक सञ्जालमा फोटो पोस्ट्याए र एउटै कुरा लेखे । विराट-अनुष्काको विवाहको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

मिडिया रिपोर्ट्सलाई मान्ने हो भने विराट-अनुष्काले आफ्नो बिहेको फोटो बेच्ने निर्णय लिएका छन् । जानकारीका अनुसार उनीहरुले आफ्नो विवाहका फोटोहरुलाई लिमामी गरी आएको पैसा च्यारिटीमा दिन चाहेका छन् । यसका लागि उनीहरुले योजना समेत बनाइसकेका छन् । आफ्नो बिहेको फोटो विराट र अनुष्का एक अमेरिकन फेशन पत्रिका बेच्दैछन् । जसबाट प्राप्त भएको रकम उनीहरुले दान गर्नेछन् ।

सम्बन्धित शिर्षकहरु