शेरबहादुर देउवाको देश दौडाहा खेर,प्रदेश ७ मा कांग्रेसवाट देउवा एक्ला सांसद

काठमाडौं । वर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको देश दौडाहा खेर गएको छ । साविकको सुदूरपश्चिम बिकास क्षेत्र अर्थाता प्रदेश नं. ७ को प्रत्येक्षतर्फ प्रदेश नं. ७ बाट देउवा एक्ला सांसद बनेका छन ।

वाम गठबन्धनका उम्मेद्वार खगराज भट्टलाई हराउँदै देउवाले गृहजिल्ला डडेल्धुराबाट छैटौं पटक संसदीय यात्रा तय गरेका छन । डडेल्धुरामा प्रतिनिधि सभाका लागि मतदान गर्ने ५४ हजार ५९ मतदातामध्ये देउवाले २८ हजार ४४ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी भट्टले २१ हजार एक सय १५ मत पाएका थिए ।

प्रधानमन्त्री देउवा पत्नि डा. आरजु राणा कैलाली क्षेत्र-५ बाट पराजित भइन । यस्तै देउवाका विश्वास पात्र मानिने कांग्रेसका प्रभावशाली नेताहरु नारायणप्रकाश साउँद र रमेश लेखकले पनि कञ्चनपुर क्षेत्र-२ र ३ बाट पराजित भए । प्रदेशका नौ जिल्लामध्ये बाजुरा, बझाङ्ग, अछाम, बैतडी, दार्चुला र कञ्चनपुर गरि सात जिल्लामा बाम गठबन्धनले क्लिनस्वीप गर्‍यो ।

बाँकी तीन जिल्लामा पनि कांग्रेसले आफ्नो उपस्थिति मात्रै देखाउन सक्यो । डोटी प्रदेश सभा क, डडेल्धुरा प्रदेश सभा ख, कैलाली प्रतिनिधि सभा क्षेत्र-१ अन्तरगतको प्रदेश सभा ख र प्रतिनिधि सभा-५ अन्तरगतको ख गरि प्रत्येक्षतर्फ जम्मा चार ठाउँमा मात्रै कांग्रेसले आफ्ना उम्मेदवारहरुलाई उत्तीर्ण गर्न सफल भयो । प्रदेश ७ बाट यसअघि प्रतिनिधिसभामा सधैँ कांग्रेसले सम्मानजनक उपस्थिति जनाउने गरेको थियो। नेकपा एमाले र माओवादी केन्द्र मिलेर वाम गठबन्धन चुनावी प्रतिस्पर्धामा गएपछि यसपटक कांग्रेसले १ सिटमा चित्त बुझाउनुपरेको छ।

यस्तै प्रदेशसभा सदस्यतर्फ पनि एमाले नै पहिलो भएको छ। ३२ प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा नेकपा एमालेले १७, नेकपा माओवादी केन्द्रले १०, नेपाली कांग्रेसले ४ र राष्ट्रिय जनता पार्टी नेपालले १ सिटमा विजयी हासिल गरेका छन्। वाम गठबन्धको पक्षमा २७ सिट रहेकाले प्रदेश ७ मा वाम गठबन्धनको प्रादेशिक सरकार बन्ने पाक्कापक्की छ।

सम्बन्धित शिर्षकहरु