भदौं २६,एजेन्सी। भारतीय अखडा परिषद्ले धर्मको नाममा जनता ठग्नेहरूको सूची सार्वजनिक भएको छ । यो सूचीमा धेरैजसो नाम चलेका बाबाहरू छन् । राम रहिम बलात्कारी प्रमाणित भएसँगै सूची सार्वजनिक गरेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार आज बसेको भारतीय अखडा परिषद्को बैठकले पनि नक्कली बाबाको खोजी गर्दै सूची तयार गर्ने निर्णय गरेको जनाएका छन्। बाबाको भेषमा जनतामाथि शोषण गर्ने प्रवृति बढ्न थालेपछि नक्कली बाबाको धमाधम खोजी गरिन थालेको हो।
नक्कली बाबाको सूची सार्वजनिक भएसँगै सार्वजनिक गर्ने नरेन्द्र गिरीलाई ज्यान मार्ने धम्की समेत आएको भारतीय सञ्चारमाध्यमले दावी गरेका छन्। फोनमा ज्यान मार्ने धम्की दिने व्यक्ति बलात्कारको आरोपमा जेल परेका व्यक्ति भएको बुझिएको छ। पीडितले उनीविरुद्ध प्रहरीमा उजुरी समेत दिएका छन्।








