वडाध्यक्षले दिए काठमाडाैँका मेयर शाक्यलाई चुनौती

भदौ २२, काठमाडौं । घर बहाल कर वापत १२ प्रतिशत कर लिँदै आएको काठमाडौं महानगरपालिका कार्यालयलाई १६ नम्बर वडा कार्यालयले कर दुई प्रतिशतमा झार्न पत्राचार गरेको छ ।

महानगरका नागरिकलाई मर्का परेको भन्दै १६ नम्बर वडाका अध्यक्ष मुकन्द रिजालले वडा समितिको बैठकबाट अब उप्रान्त आब २०७४/२०७५ देखि घर बहालकर २ प्रतिशत मात्र लिने निर्णय भएको भन्दै महानगरपालिकालाई उक्त निर्णयको प्रतिलिपि पठाएका हुन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख मेयर विद्यासुन्दर शाक्यले घर भाडा कर उठाउने अडानमा रहेका बेला वडाध्यक्षले यस्तो पत्र पठाएका हुन् ।

सम्बन्धित शिर्षकहरु