भदाै २१,असनेपाल न्युज । भर्खरै अाएकाे बाढी र त्यसभन्दा अघिकाे भुकम्पले गरेकाे क्षतिलार्इ विषयवस्तु बनार्इ क्यामरामेन तथा निर्देशक राजेश थापाले भर्खरै “नहुनु थियो भैसक्यो अब हुन्न केही डराएर,मुठ्ठी कसी जुटौं अब मलम पट्टि लगाएर” बाेलको गीतको म्यूजिक भिडियो बजारमा ल्याउनुभएकाे छ । गीतलार्इ जे.अार.सी.मिडियाले बजारमा ल्मायाएकाे हाे । गीतकाे शब्द र भिडियो मार्फत नेपाल र नेपालीले भुकम्प र बाढी पहिरोका कारण भोग्नु परेको पिडालाई दर्शाइएको छ । पिडीतको पिर मर्कामा सरकार मौन रहिरहेको अवस्थामा कलाकार धुर्मुस सुन्तली द्वारा गरिएको योगदानलाई कलात्मक तरिकाले प्रस्तुत गर्ने प्रयास निर्देशक राजेशले गरेका छन्।
गोपाल सेञ्चुरीको लेखन,सन्तोष डुमीको संगीत,सन्तोष डुमी,गीता सेञ्चुरी र रेश विश्वकर्माको स्वरले सजिएकाे यस गीतमा जस्तो सुकै विपत्ती अाए पनि हामी विचलित नभइकन समस्याकाे सामना गर्नुपर्छ भन्ने अाशय व्यक्त भएकाे छ ।







