भदौं २०, काठमाडौं । सोमबार प्रहरीद्धारा बरामत गरीएको ८८ किलो सुनका मालिक चिनियाँ नागरिक पान विइ मिङ भएको खुल्न आएको छ। प्रहरीले क्षेत्रपाटीबाट सुन सहित पक्राउ परेका गाडी चालक मनोज अधिकारीको वयानको आधारमा सुन मालिक मिङ रहेको पत्ता लगाएको हो।
महाशाखाका एसएसपी दिवेश लोहनीले सुन तस्कर गर्ने चिनियाँ नागरिक रहेको बताए । उनले केस अनुसन्धानको क्रममा रहेकाले तस्कर गर्नेको नाम पछि सार्वजनिक गर्ने बताए ।
प्रहरीका अनुसार चीन बसेर नेपालमा काठमाडौं वन होटल संचालन गर्दै आएका मिङले पत्नी याङ वेनलेको सहयोगमा चार वर्षदेखि सुन तस्कर गर्दै आएका थिए । हाल उनीहरु चीनमा नै छन् ।








