१ अर्ब २५ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद

भदौ २०, काठमाडौं। सरकारले देशभरका स्वास्थ्य संस्थाका लागि रु १ अर्ब २४ करोड ९२ लाख ३५ हजार ६५३ का सामग्री खरिद गरेको छ ।

स्वास्थ्य मन्त्रालय, आपूर्ति व्यवस्था महाशाखाका उपसचिव बाबुराम लामिछानेले आव २०७३र०७४ मा ९३ प्रकारका उपकरण, भ्याक्सिन र सवारीसाधन खरिद गरिएको जानकारी दिए ।

उपसचिव छामिछाने भने, ‘बीमा कार्यक्रमलाई पनि लक्षित गरी सबै स्वास्थ्य केन्द्रलाई उपकरणयुक्त बनाउन लागिएको हो, जनतालाई स्थानीय तहमै स्वास्थ्य उपचारमा विश्वास दिलाउनु पनि आवश्यक छ ।’

स्वास्थ्य संस्थाका लागि आवश्यक सुत्केरी गराउने श्यैया, एक्सरे मेसिन, फ्रिज, रक्तचाप नाप्ने यन्त्र, ट्रली, सुत्केरी, डेन्टल र डे«सिङ सामग्री, भेन्टिलेटर, इसिजी मेसिन, अल्ट्रासाउण्ड, एनेस्थेसिया मेसिन, पोस्टमार्टम किट, नाक– कान– घाँटी जाँच्ने सेट, मोटरसाइकल, पिकअप भ्यान, स्कुटर, ल्यापटप, सोलार, प्रिन्टर, फर्निचर, बिरामी जाँच गर्ने सम्पूर्ण साधनलगायत आवश्यक ९३ प्रकारका सामग्री खरिद भएको महाशाखाले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु