नेपाल र भारतका सैनिक संयुक्त अभ्यासमा

भदौ १८,काठामाडौं । आइतबारदेखि रुपन्देहीको सालझण्डीमा रहेको नेपाली सैनिक व्याट्ल स्कूलमा नेपाली सेना र भारतीय सेनाबिच एक्स सूर्य किरणको संयुक्त अभ्यासको बाह्रौं श्रृङ्खला सुरु भएको छ ।

विपद व्यवस्थापनको समयमा स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषय समावेश गरी संचालन भएको यो अभ्यासको मध्य पश्चिम पृतनापति उपरथी राजेन्द्र कार्कीले शुभारम्भ गर्नुभयो ।
संयुक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी जयन्द्र केसी र भारतीय सेनाबाट महासेनानी ललित मोहन मिश्राले नेतृत्व गर्नुभएको छ । दुवै देशका झण्डै ३००र३०० जना नफ्रि सहभागी गराई सञ्चालन भएको यो संयुक्त अभ्यास यही भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ ।

यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सूर्य किरणको एघारौं संस्करण भारतको पिथौरागढमा भएको थियो । विसं २०६७ बाट नेपाल र भारतमा वार्षिक रुपमा आलोपालो गरि सञ्चालन हुँदै आएको यो संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी ११ पटक सफलतापूर्वक सञ्चालन भइसकेको छ ।

संयुक्त अभ्यासमा प्रतिव्रिदोह तथा प्रतिआतंकवादलगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापनको समयमा स्वास्थ्य उपचार सम्बन्धि प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा आदानप्र्रदान गरिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु