काठमाडौं, २१ वैशाख – चौथो सस्करणको अन्तर स्कुल कराते च्याम्पियनसिप शनिबार हुने भएको छ । आदित्य बोर्डिङ स्कुल बालाजुको आयोजनामा एक दिने च्याम्पियनसिप शनिबार हुने भएको हो ।
च्याम्पियनसिपमा १५ स्कुलहरुको सहभागिता रहने छ । जसमा छात्रा र छात्र गरि २५० बढी बिद्यार्थीहरुले प्रतिस्प्रधा गर्ने छन् । च्याम्पियनसिपमा २३ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुने छन् । च्याम्पियनसिप बालाजु खरिबोटस्थित बिद्यालय हातमा हुने छ ।बिद्यालय स्तरबाट कराते खेलाडी उत्पादन गर्ने उदेश्यको साथ आदित्य बोर्डिङ स्कुलले बिगत चारबर्षबाट यो च्याम्पियनसिप आयोजना गर्दै आएको छ । प्रतियोगिता संचालन गर्न करिब २ लाख ७२ हजार खर्च हुने अनुमान गरिएको स्कुलले जनाएको छ ।







