एसएसपी धानुकको प्रवेशले टोले गुण्डाहरूमा त्रास, चक्रे सहित थप २ टोले गुण्डा पक्राउ

साजन महर्जन

भदौ १३, काठमाडौं । काठमाडौं प्रहरी प्रमुखमा रबिन्द्र धानुकको प्रवेशसँगै राजधानीमा गण्डागर्दी, जबरजस्ती चन्दा असुली, अपहरण, धम्की लगायतका गतिविधि गर्दै आएका टोले गुन्डाहरू धमाधम पक्राउ पर्न थालेका छन् । राजधानीमा गैरकानूनी काम गर्ने गुन्डानाईकेहरूलाई धमाधम फक्राउ गर्न थालेको प्रहरी स्रोतको भनाइ छ ।

गत हप्ता चर्चित गुण्डानाइके मिलन चक्रे शुक्रबार पक्राउ परे लगत्तै साजन महर्जन र दीपक पण्डितलाई प्रहरीले गिरफ्तार गरेको छ । सामाखुसी क्षेत्रमा हप्ता असुली र गुण्डागर्दीमा संलग्न रहँदै आएका महर्जनलाई काठमाडौं प्रहरी परिसरले सोमबार सामाखुसी क्षेत्रबाट  पक्राउ गरेको हो ।

यस्तै, बालाजु र तारकेश्वर नगरपालिकाका बिभिन्न स्थानमा ब्यापारी, होटल व्यवसायी, ठेकेदार र सर्वसाधारणहरूलाई धाकधम्की दिई हप्ता असुल्दै आएका अर्का टोले ‘गुन्डा’ दीपक पण्डितलाई पनि काठमाडौं प्रहरीले शनिबार  पक्राउ गरेको छ ।

सम्बन्धित शिर्षकहरु