भदौ ११,गोरखा। गोरखा पालुङटार नगरपालिका कार्यालयका सब–ओभरसियर सुनील देवकोटालाई सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिँदैगर्दाअख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
पालुङटार नगरपालिका–५ स्थित होटल विनीतामा सेवाग्राहीसँग घुस लिँदैगर्दा आइतबार दिउँसो साढे १ बजे देवकोटालाई रंगेहात पक्राउ गरिएको हो ।
भूकम्पको दोस्रो किस्ताको अनुदान सिफारिस गर्न देवकोटाले सेवाग्राहीसँग घुस मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घुस दिने सेवाग्राहीकाबारेमा केही खुलाइएको छैन ।







