जब बाढी पीडितका माँझ राजेश हमाल पुगे

राहत वितरण गर्ने क्रमा महानायक राजेश हमाल

भदाै १२, काठमाडौं । तरार्इमा अाएको विनाशकारी भुकम्पपछि महानायक राजेश हमाल राहत सामग्री लिएर तराईका बाढी र डुबान पीडितमाँझ पुग्नुभएको छ । अाफ्नो गाउँ ठाउँमा राहत लिएर अाएका राजेस हमाललाई देखेपछि त्यहाँका स्थानीय दंग परेका थिए । पीडितहरूमा राहत पाउनुभन्दा हमाललाई हेर्न बढी खुशी देखिन्थे ।  बालबालिकादेखि वृद्धासम्म हमाललार्इ हेर्न भीड लागेको थियो ।

राहत वितरण गर्दै महानायक राजेश हमाल

हमाल राहत बाँढ्ने क्रममा आइतबार सर्लाही जिल्ला पुग्नुभएको थियो । सर्लाहीको कौडेना र शिवनगरमामा उहाँले राहत वितरण गरेका छन् । बाढी, डुबान पीडितलाई राहत बाड्दा स्थानीयको घुइँचो लागेको थियो । राहत पाएका वृद्धहरुले हमाललाई आशिष दिँदै प्रशंसा गरेछन् र सँधै टिभीमा देखिने हमाललार्इ पतक्ष्य देख्न पाउँदा खुशी व्यक्त गरेका छन् ।

सम्बन्धित शिर्षकहरु