भरतपुर अस्पतालमा आजबाट डायलायसिस सेवा सुरु

भदौ ११,चितवन । भरतपुर अस्पतालले धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरी आइतबार (आज)देखि मिर्गौलाको डायलायसिस सेवा सुरु गरेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। रुद्र मरासिनीकाअनुसार अस्पतालमा १२ उपकरण रहेकाले एकैपटक १२ जनाको मिर्गौलाको डायलासिस गर्न सकिनेछ ।

उनका अनुसार सेवाका लागि ६ प्राविधिकले तालिम लिएर आइसकेका छन् । अन्य ६ जना तालिममा नै छन् ।

सुरुमा दुई चरणमा २४ जनाको डायलासिस गरिनेछ । थप प्राविधिक तालिम सकेर आएपछि दैनिक ३६ जनाको डायलासिस गरिने उनले बताए ।

ती उपकरण सरकारले खरिद गरिदिएको हो भने अन्य व्यवस्थापन अस्पताल विकास समितिले गरेको हो ।

समितिका अध्यक्ष राजकुमार राजभण्डारीले बिरामीले दुःख पाएकाले यसअघिका स्वास्थ्यमन्त्री गगनकुमार थापासँग विशेष आग्रह गरेर बजेट निकासा गरी काम अघि बढाइएको बताए ।

 

सम्बन्धित शिर्षकहरु