भदाै ११, काठमाडाैँ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको घरेलु खेल मैदानमा भएको यु १५ साफ च्याम्पीयन्सीपमा नेपालले भारतसँग २-१ को हार बेहोर्नु परेको छ । सुरूमै अाक्रमक खेलेको नेपाललार्इ बीजेस चाैधरीले पेनाल्टी मार्फत पहिलो हाफमा अग्रता दिलाएका थिए ।
दाेस्रो हाफ सुरू भएसँगै भारतले छोटो समयमा नै दुर्इ गोल गर्न सफल भएपछि भारतको अग्रतालार्इ नेपालले तोड्न सकेन । नेपालको डिफेन्स कमजोर देखिएका कारण नेपालले हार वेहोर्नु परेको छ । थपीएको ३ मिनेटको समयमा कुनै पनि पक्षबाट गोल हुन सकेन । यो सँगसँगै यस पटकको यु१५ च्याम्पीयन्सीपको उपाधी भारतले हात पारेको छ ।








