हराएका बालक मृत अवस्थामा भेटिए

भदौ ११,कलैया । कलैया उपमहानगरपालिका–२० बस्तपुर निवासी रामविजय साहका छोरा कन्हैया साहको हराएको १४ घण्टापछिआइतबार बिहान मृतावस्थामा फेला परेका छन् ।

 

शनिबार बेलुका करिब ५ बजेदेखि हराइरहेका साहका छ वर्षीय छोरा कन्हैया साहले लगाएको कपडा घरदेखि सय मिटर पर रहेको धनसुन्दर साहको पोखरीको डिलमा भेटेपछि परिवारजनले पोखरीमा खोज्दा बालकको शव भेटिएको प्रहरी प्रवक्ता भुनेश्वर साहले जानकारी दिए ।

घटना रहस्यमय भएको हुँदा अनुसन्धान भइरहेको साहले बताए । हत्या हो कि आफै पानीमा डुबेर मृत्यु भएको हो भन्ने बारेमा स्वास्थ्य परीक्षणपछि खुल्ने साहको भनाइ छ । शव कलैया अस्पतालमा राखिएको छ ।

सम्बन्धित शिर्षकहरु