आरम्भको करोडौंको आईपीओ निष्कासन हुँदै

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले फागुन १५ गतेदेखि साधारण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित २ लाख ९४ हजार कित्ता अर्थात २ करोड ९४ लाख रुपैंया बराबरको आइपीओ निष्कासन गर्न लागको हो ।

आरम्भको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ । लगानीकर्ताले आस्वा सेवा प्रदायक बैंक तथा वित्तीय संस्थाबाट फागुन २१ सम्म आईपीओका लागी आवेदन दिन सक्ने छन् ।

सम्बन्धित शिर्षकहरु