फर्किँदै ‘जिरे खुर्सानी’

भदाै ११, काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय हाँस्यश्रृखला ‘जिरे खुर्सानी’ परिस्कृत र नयाँ शैलीमा पुनः प्रसारण हुने भएको छ । श्रृंखलाको केही दिन अगाडि टाइटल गीत छायाँकन सकिएको छ । श्रृंखलाको पुरानै गीतलाई अहिले नयाँ शैलीमा बनाइएको छ । टंक बुढाथोकीको संगीत र जितु नेपाल र टंकको स्वर गीतमा रहेको छ ।टाइटल गीतमा हाँस्यकलाकार जितु नेपाल, राजाराम पौडेल, निरज नेपाल र कार्टुञ्ज क्रुका सरोज अधिकारीले अभिनय गरेका छन् । केहि समयदेखि हाँस्यश्रृखला ‘जिरे खुर्सानी’को प्रशारण रोक्किएको थियो ।

सम्बन्धित शिर्षकहरु